Friday, November 24News That Matters

बिज्ञान र प्रबिधि

गरिबी निवारण कार्यक्रम विस्तारका लागि स्रोतको उपाय खोज्नुस् : प्रधानमन्त्री देउवा

गरिबी निवारण कार्यक्रम विस्तारका लागि स्रोतको उपाय खोज्नुस् : प्रधानमन्त्री देउवा


Warning: printf(): Too few arguments in /home/pahilopa/horizontspaces.ga/wp-content/themes/viral/inc/template-tags.php on line 113
काठमाडौँ, २ भदौ । गरिबी निवारण कोषले मुलुकभर आफ्नो मातहत रहेका ३२ हजार सामुदायिक संस्थालाई स्थानीय तहमा दर्ता गराएर समन्वयका साथ कार्यक्रम अघि बढाउने निर्णय गरेको छ । कोषका अध्यक्ष एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको कोषको ६८औँ बैठकले आगामी दिनमा कार्यक्रम र स्रोतका उपायलाई विविधीकरण गरेर जाने निर्णय पनि गरेको छ । कोषले सन् २००४ देखि सामाजिक परिचालन, सामुदायिक संस्था स्थापना, अर्थाेपार्जनका लागि चक्रकोष सञ्चालन, सामुदायिक पूर्वाधार निर्माण, सिँचाइ, खानेपानी, बजार व्यवस्थापन, विद्यालय निर्माण, सीप विकास तालिम, पकेट क्षेत्र उत्पादनजस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ । कोषका लक्षित समूहअन्तर्गत अति विपन्न १० लाख घरपरिवार रहेका छन् । यो कार्यक्रम मुलुकका ५८ जिल्लाका ५२७ स्थानीय तहमा सञ्चालन रहेको कोषका उपाध्यक्ष यामबहाद
नयाँ शक्तिबाट देवेन्द्र पौडेलसहित १५ जना निष्काशित

नयाँ शक्तिबाट देवेन्द्र पौडेलसहित १५ जना निष्काशित


Warning: printf(): Too few arguments in /home/pahilopa/horizontspaces.ga/wp-content/themes/viral/inc/template-tags.php on line 113
काठमाडौं, भदौ २ । नयाँ शक्ति पार्टी नेपालले आफ्नो पार्टीका १५ जना सदस्यलाई पार्टीबाट निष्काशन गरेको छ । सो पार्टीका संयोजक डा. बाबुराम भट्टराईले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टीका संघीय परिषद सदस्य देवेन्द्र पौडेल, बामदेव क्षत्री, कुमार पौडेल, महेन्द्र पासवान, मुक्ति प्रधान, पासाङ शेर्पा, सुशीला शिर्पाली, बलावती शर्मा, तिलक थापा, अमरध्वज लामा, वाहीद अन्सारी, हरि चौलागाइँ, शर्मिली तामाङ, रत्न राना र रविन्द्र सुनुवारसहितका १५ जनालाई पार्टीबाट निष्काशन गरेको जनाएका छन् । उनीहरुले पार्टीविरोधी गतिविधि गरिरहेको आरोप लगाउँदै पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरिएको जनाइएको छ ।
नेपाली काँग्रेससँगको सहकार्य रणनीतिक महत्वको छ – अध्यक्ष दाहाल

नेपाली काँग्रेससँगको सहकार्य रणनीतिक महत्वको छ – अध्यक्ष दाहाल


Warning: printf(): Too few arguments in /home/pahilopa/horizontspaces.ga/wp-content/themes/viral/inc/template-tags.php on line 113
काठमाडौँ, २ भदौ । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले नेपाली काँग्रेस र आफ्नो पार्टीबीच भएको समझदारी रणनीतिक महत्वको भएको बताउनुभएको छ । प्रेस सेन्टर नेपालको केन्द्रीय समितिको विस्तारित बैठकलाई यहाँ आज सम्बोधन गर्नुहुँदै अध्यक्ष दाहालले अन्धराष्ट्रवादका नाममा मुलुकलाई फासीवादको दिशामा लैजाने प्रपञ्च भएका कारण दुई पार्टीबीच सहकार्य भएको उल्लेख गर्नुभयो । उहाँले शान्ति प्रक्रियाको प्रमुख हिस्सेदार शक्ति भनेकै काँग्रेस र माओवादी मात्रै भएकाले यी दुई शक्तिबीचको सहकार्यले मुलुक अग्रदिशामा जाने स्पष्ट पार्नुभयो । “बाह्र बुँदे सम्झौता, विस्तृत शान्ति सम्झौता काँग्रेससँग भएको हो । नेकपा(एमाले) प्रमुख हिस्सेदार होइन, ऊ साक्षी मात्रै हो । त्यसकारण हामीले सहकार्य पनि काँग्रेससँग नै गर्नुपर्छ भन्ने मान्यतामा छौँ”– अध्यक्ष दाहालले भन्नुभयो, “काँग्रेसले लिन र दिन दुवै जानेक
सरकारले बाढीपीडितलाई प्रतिदिन ७० रुपैयाँ खाना खर्च उपलब्ध गराउने

सरकारले बाढीपीडितलाई प्रतिदिन ७० रुपैयाँ खाना खर्च उपलब्ध गराउने


Warning: printf(): Too few arguments in /home/pahilopa/horizontspaces.ga/wp-content/themes/viral/inc/template-tags.php on line 113
काठमाण्डौ , २ भदौ । सरकारले बाढी पिडितलाई एक महिनासम्म खाना खर्च बापतको रकम वितरण गर्ने निर्णय गरेको छ । आज गृहमन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरि तराईका बाढी पिडितलाई प्रतिदिन ७० रुपैयाका दरले खाना खर्च दिने जानकारी दिईएको हो । बाढीपहिरो प्रभावित ३० जिल्लाका पीडितलाई खाद्य संकट चुलिएको निश्कर्षसहित गृहमन्त्रालयले तत्कालका लागि अभाव टर्न सो निर्णय गरेको हो । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषले हिजोमात्र गृहमन्त्रालयलाई बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार, राहत वितरण तथा क्षति ब्यवस्थापनका लागि भन्दै एक अर्ब रुपैयाँ निकासा दिने निर्णय गरेको थियो । बाढीपहिरोबाट १ सय २८ जनाको मृत्यु भएको, ३२ जना अझै बेपत्ता रहेको तथा हजारौं बस्ती डुवानमा पर्दा लाखौं जनता बिस्थापित भएका छन् । पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री जनार्दन शर्माले प्रमुख जिल्ला अधिकारी (सिडियो) मार्फत बाढीपिडितलाई प्र