Friday, November 24News That Matters

सरकारले बाढीपीडितलाई प्रतिदिन ७० रुपैयाँ खाना खर्च उपलब्ध गराउने

काठमाण्डौ , २ भदौ ।
सरकारले बाढी पिडितलाई एक महिनासम्म खाना खर्च बापतको रकम वितरण गर्ने निर्णय गरेको छ । आज गृहमन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरि तराईका बाढी पिडितलाई प्रतिदिन ७० रुपैयाका दरले खाना खर्च दिने जानकारी दिईएको हो ।

बाढीपहिरो प्रभावित ३० जिल्लाका पीडितलाई खाद्य संकट चुलिएको निश्कर्षसहित गृहमन्त्रालयले तत्कालका लागि अभाव टर्न सो निर्णय गरेको हो । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषले हिजोमात्र गृहमन्त्रालयलाई बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार, राहत वितरण तथा क्षति ब्यवस्थापनका लागि भन्दै एक अर्ब रुपैयाँ निकासा दिने निर्णय गरेको थियो । बाढीपहिरोबाट १ सय २८ जनाको मृत्यु भएको, ३२ जना अझै बेपत्ता रहेको तथा हजारौं बस्ती डुवानमा पर्दा लाखौं जनता बिस्थापित भएका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री जनार्दन शर्माले प्रमुख जिल्ला अधिकारी (सिडियो) मार्फत बाढीपिडितलाई प्रतिदिन ७० रुपैयाका दरले खाना खर्च दिलाईने जानकारी दिनुभयो ।

उहाँले अब छिट्टै सिडियोले राहत रकम वितरण गर्ने बताउनु भयो । बाढीपीडितको लगत संकलनको क्रममा रहेकाले संख्या यकिन नगरी गृहले छिट्टै राहत रकम बाँड्ने मन्त्री शर्माको भनाई छ ।
पिडितलाई कति रकम वितरण गरिने भन्नेबारे भने प्रष्ठ पारिएको छैन ।

यस्तै गृहमन्त्री शर्माले बाढी र डुबानले क्षति पुगेको सार्वजनिक तथा निजि भौतिक संरचनाको पुननिर्माण पनि तत्काल सुरु गर्ने जानकारी दिनुभयो ।

उहाँले पिडितलाई रहात दिन रकम अभाव भएको भन्दै सहयताका लागी अन्तराष्ट्रिय समुदायसँग आग्रह पनि गर्नुभयो । यद्यपी सरकारले राहत वितरणमा एकद्वार प्रणाली लागु गर्दै व्यक्ति वा संस्थालाई आफु खुशी राहत रकम वितरणमा बन्देज लगाइएको छ । मन्त्री शर्माले सरकारसँग अनुमति लिएर मात्रै राहत संकलन गर्न पाइने बताउनुभयो । बाढी प्रभावित क्षेत्रमा खाद्यान्न अभाव रहेकोले त्यहाँ खाद्य संस्थानमार्फत् अस्थायी डिपो खुलाउने मन्त्री शर्माले जानकारी दिनुभयो ।
मन्त्री शर्माले सरकारसँग अनुमती लिएर भने राहत संकलन गर्न पाईने बताउनु भयो ।

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *